उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा केदार रिजालले उम्मेद्वारी दिने बताउनुभएको छ ।
पूर्वी कमाण्डसँग कुराकानी गर्दै ब्यवसायीको हकहितका लागि आफुले अध्यक्ष पदमा उम्मेद्वारी दिने बताउनु भएको हो । पद ओगट्ने तर, ब्यवसायीको हितमा काम नगर्ने प्रवृत्तिविरुद्ध आफुले उम्मेद्वारी दिने निष्कर्षमा पुगेको उहाँले प्रष्ट पार्नुभयो । सडक किनारामा पसल गर्नेदेखि महलसम्म ब्यवसाय गर्ने ब्यवसायीको हितमा काम गर्न आवश्यक रहेको उहाँको भनाई छ । नेकपा एमाले समर्थक ब्यवसायीहरुको तर्फबाट रिजालले अध्यक्ष पदको उम्मेद्वारमा दाबी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय