उर्लाबारी,नेपाल महिला संघकी केन्द्रीय सदस्य शोभा चेम्जोङ पालुङ्वाले मोरङको उर्लाबारी नगरपालिकाभित्रका विपन्न एकल महिला तथा अन्य विपन्न नागरिकलाई वितरण गर्न ६ सय ५० किलोग्राम चामल सहयोग गरेकी छिन् ।
बुधबार ११ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा मानवअधिकारका लागि महिला, एकल महिला समूह प्रदेश १ की उपाध्यक्ष तथा उर्लाबारी नगर अध्यक्ष समेत रहेकी पालुङ्वाले ४० हजार रुपैयाँ बराबरको चामल सहयोग गरेकी हुन् । उर्लाबारीका ९ वटै वडाका एकल महिला समूहका प्रतिनिधिलाई भेला गराएर उनले वडाका गरिब, विपन्न तथा एकल महिलालाई उक्त चामल वितरण गर्ने भएकोले सहयोग गर्न आग्रह गरिन् । एकल महिला वडाका प्रतिनिधि र तरुण दल उर्लाबारीको समन्वयमा विपन्न व्यक्तिहरुको पहिचान गरी वडा वडामा उक्त राहत वितरण गरिने जनाइएको छ ।
कोरोना महामारीको समयमा समस्यामा परेका गरिब तथा विपन्न नागरिकलाई केही सहजता होस् भन्ने उद्देश्यले आफ्नो व्यक्तिगत खर्चमा चामल खरिद गरेर सहयोग गरेको उनले बताइन् ।
https://www.youtube.com/watch?v=8GVKjae3K0o&t=468s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय