उर्लाबारी । उर्लाबारी वडा नं. ४ का इन्द्र आपागाई उर्लाबारी नगरपालिकाका सवारी चालक हुनुहुन्छ । उहाँ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो चढ्न गाडी चलाउनुहुन्छ । दोस्रो चरणमा फैलिएको कोरोना भाइरससँगै मेयर फागो निजी गाडी आफै सञ्चालन गर्दै आउनु भएको छ । मेयर फागो चढ्ने गाडी यतिबेला नगरबासीहरुलाई औषधि पु¥याउने, कोभिड संक्रमितहरुलाई खाद्यान्य र पोष्ट्रिक आहार पु¥याउने, अक्सिजन बोक्नेलगायत काममा परिचालन हुँदै आएको छ । आपागाई गाडी चलाउनेमात्र होइन जोखिम मोलेर नगरबासीहरुको हितमा अहोरात्र खटिरहनु भएको छ । कहिले खाद्यान्य बोक्ने त कहिले अक्सिजन बोक्ने उहाँको अहिलेको दैनिकी हो । आफुले पाएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने आपागाई पहिलो र दोस्रो चरणको कोरोनामा निरन्तर रुपमा जोखिम मोलेर खटिरहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय