उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघले सदस्य नविकरणमा ३० प्रतिशत छुट गरेको छ । संघको भदौ दोस्रो साता हुने चुनाबी साधारणसभाका लागि असार मसान्तसम्म सदस्य नविकरणको मितितय गरेको हो । कोरोनाका कारण ब्यवसायीहरु प्रभावित बनेकाले सदस्यता नविकरणमा ३० प्रतिशत छुट गरेको अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो ।
ADVERTISEMENT