झापा, मोरङको उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले दमकमा सेवा केन्द्र शुरु गरेको छ ।

मोरङमा उत्कृष्ट सहकारीका रुपमा स्थापित यो सहकारीले दमकमा पनि कारोबार पनि शुरु गरेको हो ।संस्थाले दमक ७ मा सेवा केन्द्र स्थापना गरेर कारोबार शुरु गरेको हो । यस अघि संस्थाले मोरङकै पथरी र मधुमल्लामा सेवा केन्द्र सञ्चालनमा ल्याईसकेको छ । वैशाख दोश्रो सातादेखि दमकमा सेवा केन्द्र सञ्चालनमा ल्याएर कारोबार शुरु गरेको भएपनि यसको औपचारिक उदघाटन भने गरिएको छैन । संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले झापामा पहिलो सेवा केन्द्र शुरु गरिएको बताए । उनले सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै कारोबार भने शुरु गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय