जुम्ला ०७७ साउन २६ गते
प्रतिबन्धित नेकपा विप्लप समुहका तीन जना कार्यकर्तालाई तीला गाउँपालिका– ७ घोडेबाट साउन २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा जुम्ला जिल्ला सेक्रेटरी सोरु गाउँपालिका– ६ मुगुका २७ वर्षीय राजबहादुर भाम, जुम्लाको हिमा गाउँपालिका– ७ धाचुका २९ वर्षीय नन्द तिरुवा र हिमा गाउँपालिका– ६ महावैपाथरखोलाकी १५ वर्षीया सपना बुढा रहेको डिएसपी लालबहादुर धामीले बताउनुभयो ।
स्थानीय जनप्रतिनिधि र ठेकेदारबाट चन्दा माग्दै गरेको अवस्थामा तीनैजनालाई गिरफ्तार गरिएको र उनीहहरूबाट चन्दा उठाउने रसिदको ठेली, सदस्यता रसिद र किताब बरामत गरिएको डिएसपी धामीको भनाइ छ ।
ADVERTISEMENT