उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सिकाई उपलब्धीमूलक बन्नु पर्नेमा जोड दिनुभयो ।
आज उर्लाबारी नगरपालिकाको सहयोग र राज ब्रिटिस सेन्टरको आयोजनामा भएको ८० घण्टे लोकसेवा तयारी कक्षाको समापन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले नगरपालिकाले उपलब्धीमूलक नहुने काममा लगानी नगर्ने प्रष्ट पार्नुभयो । युवा पुस्ताको सरकारी जागिरमा आकर्षण बढिरहेको कारण लोकसेवा तयारी कक्षा नगरपालिकाले राखेको उल्लेख गर्दै उपलब्धीमूलक बनाउन उहाँले आग्रह गर्नुभयो । पौष २३ गतेबाट तालिम सुरु भएको र उर्लाबारी नगरपालिकाभरीका ४० जनाको सहभागीता रहेको सञ्चालक राज गुरागाईले जानकारी दिनुभयो ।
ADVERTISEMENT