उर्लाबारी । आन्तरिक राजश्व कार्यालय विराटनगर र उर्लाबारी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा करदाता प्रशिक्षण कार्यक्रम गरिएको छ ।
आज उर्लाबारी उद्योग बाणिज्य संघको हलमा करदाता प्रशिक्षण कार्यक्रम गरिएको हो । उर्लाबारी उद्योग वाणिज्य संघमा आबद्ध सदस्यहरुका लागि एक दिने करदाता प्रशिक्षण दिएको संघका अध्यक्ष प्रीतम खड्गीले जानकारी दिनुभयो । प्रशिक्षणमा कर, कानून र नयाँ प्रावधानका विषयमा प्रशिक्षण दिएको छ । करका विषयमा अन्योल नरहोस् भनेर विगतदेखि नै यस्ता प्रशिक्षण कार्यक्रमहरु गर्दै आएको बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय