उर्लाबारी । इर्जी सप नेपालको मिनी मार्केट मोरङको मिक्लाजुङ–६ बेतिनीमा सञ्चालनमा आएको छ ।
शनिबार मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, वडा नं. ६ का वडाध्यक्ष बृद्धिलाल निरौला, इर्जी सप नेपालका प्रबन्धक निर्देशक निलम खड्काले संयुक्त रुपमा मार्केटको उद्घाटन गरे । निशान बोहोराले सो मार्केटको सञ्चालन गरेका हुन् । सुरुवाती चरणमा करिब ८ लाख रुपैयाँको लगानीमा मार्केट सुरु गरिएको र थप बढाउने योजना रहेको सञ्चालक बोहोराको भनाई छ । इर्जी सप नेपालको यो ८ औं शाखा हो । यसअघि प्रदेश नं. १ र २ का विभिन्न क्षेत्रमा ७ वटा शाखा स्थापना भइसकेको प्रबन्धक निर्देशक खड्काले जानकारी दिए । ग्राहकहरुलाई एकै ठाउँ सम्पूर्ण सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउने उद्देश्यले पहिलो चरणमा प्रदेश नं। १ र २ का केही भागमा मिनी मार्केट सञ्चालन थालिएको उनको भनाई छ । बेरोजगारीहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले सो अवधारणा ल्याएको उनले जानकारी दिए । फ्याक्टीबाट सिधै खरिद गरी ग्राहकसम्म पु¥याउने भएकाले बजारमा पाइने मूल्यभन्दा इर्जी सपद्धारा सञ्चालित मिनी मार्केटमा सस्तो पर्न जाने उनले बताए । एक स्थानीय तहमा एक मिनी मार्केट सञ्चालन गर्ने प्रावधानअनुसार रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय