उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) र उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले तमु ल्होसार र उधौलीको शुभकामना ब्यक्त गरेका छन् ।
उनीहरुले गुरुङ समुदायले तमु ल्होसार, किराँत समुदायले उधौली पर्व, धान्यपूर्णिमा, योःमरी पूर्णिमा लगायत पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । सांसद लिम्बूले सबै समुदाय एक भएर अधिकार र संविधानको रक्षा गर्नु पर्ने बताएका छन् । त्यस्तै, मेयर फागोले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको बताएका छन् ।
ADVERTISEMENT