उर्लाबारी । जनता समाजवादी पार्टी नेपालको मोरङ क्षेत्र नं. १ को प्रथम क्षेत्रीय भेलाले देवराज थापा मगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार उर्लाबारी–३ स्थित धिमाल जातिय विकास केन्द्रको सभाहलमा भएको भेलाले मगरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा श्रीप्रसाद धिमाल, सचिबमा छगेन्द्र लिम्बू, सह–सचिबमा सूर्यबहादुर माझी र कोषाध्यक्षमा मालती राई रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा संगिता धिमाल, केशरमान राई, मनकुमार दनुवार, भीमबहादुर राई, राजेन्द्र मोगेल र संजोक लिम्बू रहनुभएको उर्लाबारी नगरअध्यक्ष मात्रिका धिमालले जानकारी दिनुभयो ।
जसपा नेपालका नेता विशाल आङ्दम्बेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उक्त कार्यक्रममा पार्टीका सह–अध्यक्ष तथा पूर्वमन्त्री रकम चेम्जोङको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय