उर्लाबारी । मोरङको उर्लाबारी – ७ इटहरा रोडमा अवस्थित निरु ढाका कपडा उद्योगले शनिवार नमूना बाल गृहका बालबालिकाका लागि ढाकाको जुत्ता हस्तान्तरण गरेको छ ।

जाडोको मौसममा गृहमा आश्रित बालबालिकालाई केही राहात पुगोस् भन्ने उदेश्यले २१ जोडी ढाकाको जुत्ता हस्तान्तरण गरेको हो । उद्योगीका संचालक चन्द्रबहादुर चौहान र निरु चौहानले गृहकी अध्यक्ष मिना बराललाई सो ढाकाको जुत्ता हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय