![](https://www.purbicommand.com/wp-content/uploads/2020/12/131412250_726712074921546_7216953319441856333_n.jpg)
उर्लाबारी÷ नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले उपसमिति गठन गरेको छ । व्यवसायीहरूमा आइपर्ने समस्याको सावधान गर्ने र मर्यादित तथा व्यवस्थित रूपमा औषधी व्यवसाय संचालन गर्ने उद्देश्यले मोरङका तीन वटा स्थानिय तहलाई समेटेर उर्लाबारीमा उपसमिति गठन गरेको हो ।
उर्लाबारी, मधुमल्ला, इटहरा र मंगलबारेका औषधी व्यवसायीहरूको मंगलबार भएको भेलाले उपसमितिको संयोजकमा देबेन्द्र धिमाल चयन भएका छन् । धिमालको संयोजत्वमा सात सदस्य समिति सर्वसम्मत रूपमा गठन भएको हो । समितिको उपसंयोजक दिल्ली प्रसाद दाहाल छन् । उपसमितिको अन्य सदस्यहरूमा लक्ष्मी कुमारी आचार्य, दिनेश भट्टराई, पशुराम बस्नेत, लोलिम लिम्बु र राम तिम्सिना रहेका छन् ।
नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाको नेतृत्वमा गएको पदाधिकारीहरूले पूर्वी क्षेत्रको तीन वटा स्थानिय तहको विभिन्न ठाउँमा रहेका व्यवसायीहरूलाई समेटर उपसमिति बनाएको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष तिम्सिनाले औषधी व्यवसायमा देखिएको बिकृती बिसंगतीहरूको अत्य गरि मर्यादित व्यवसाय संचालन गरिनुपर्नेमा जोड दिए । संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले विराटनगर बाहेक नेपाल औषधी व्यवसायी संघ मोरङको पाँच वटा उपसमिति गठन हुने जानकारी दिए । मोरङको पूर्व क्षेत्रको तीन वटा स्थानिय तहमा रहका औषधी व्यवसायीहरूलाई समेटर उर्लाबारीमा संघको पहिलो पटक उपसमिति गठन भएकोले आउँदा दिनमा अन्य क्षेत्रमा पनि क्रमश उपसमिति बन्दै जाने ढकालले बताए ।
कार्यक्रममा संघका अध्यक्ष तिम्सिना, उपाध्यक्ष ढकाल, सचिब हरिराज रेग्मी, उपकोषाध्यष पुष्पराज पोखरेल, सदस्यहरू प्रकाश धिमाल, गणेश थापा, उर्लाबारी, मधुमल्ला, इटहरा र मंगलबारेका औषधी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण
नेपाल औषधी व्यवसायी संघ मोरङले प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । इलका प्रहरी कार्यालय उर्लाबारीलाई संघले मंगलबार स्वास्थ्य सामाग्री बितरण गरेका हुन् । जनताको सुरक्षामा अवरात खटिने प्रहरीलाई संघले सेनिटाइजर, सर्जिकल माक्सलगायतका अन्य स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले इलका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धब पोखरेललाई हस्तान्तरण गरे । संघले यसअघि पनि कोरोना भाइरस संक्रमणबाट जोगिन मोरङ प्रहरीसहितका मातहतमा ६ वटा इलका प्रहरी कार्यालयहरूमा स्वास्थ्य समाग्री वितरण गरेको थियो ।