
काठमाडौं। कुनै समयका भाइरल बाल गायक सचिन परियारको निधन भएको छ ।
उनको उपचारका क्रममा आज बिहान १० बजे टिचिङ अस्पतालमा निधन भएको स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए ।
सचिनको उपचारका लागि ठूलो सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारले संकलित रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।
सचिनले केही लोकदोहोरी गीत समेत गाएका छन् । भिडियो एवं टेलिसिरियलमा समेत अभिनय गरेका उनले अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियो खेलेका छन् ।
पछिल्लो केहि वर्षयता उनी गायनमा सक्रिय थिएनन् ।