सुनसरी, सुनसरीको इटहरी उप-महानगरपालिका-६ स्थितबाट तास खेल्ने ६ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ७ गते राती १० बजे इटहरी-६ स्थितमा रहेको गजुरमुखी होटलमा तास खेलीरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले होटल संचालक इटहरी-४ का ३५ बर्षीय नविन पुरी, इटहरी-६ का ४५ बर्षीय जिवन कार्की, इटहरी-१७ का ५२ बर्षीय दुर्गा कार्की, बराहाक्षेत्र नगरपालिका-१ का ३० बर्षीय सुवास राई, बराहक्षेत्र-८ का ४९ बर्षीय खड्ग बहादुर विष्ट, रामधुनी नगरपालिका-५ का ४६ बर्षीय गौरी शंकरलाई पक्राउ गरेको छ ।
प्रहरीले उक्त स्थानबाट नगद २ लाख २८ हजार ५ सय रुपैयाँ र ३० प्याकेट तास समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।
ADVERTISEMENT