धनकुटा, धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिकरुपमा डाँडा पाखाहरुमा आफै उम्रेको गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका तथा आफै उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार मंसिर २ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले शहिदभूमी-५ को विभिन्न एरिया इलाकाको १३ रोपनी क्षेत्रफलमा उम्रिएको ९ हजार ३०० वटा गाँजाको बोट नष्ट गरेको छ ।
यसै गरी साँगुरीगढी-८ स्थितमा ५ रोपनी क्षेत्रफलमा उम्रिएको ७ हजार गाँजाको बोट इलाका प्रहरी कार्यालय भेडेटारले र पाख्रीबास-१० स्थितमा ६ रोपनी क्षेत्रफलमा रहेको ७ हजार बोट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले फडानी गरी नष्ट गरेको छ भने शहिदभुमी-२ को विभिन्न ठाँउहरुमा उम्रेका २ हजार ५०० बोट प्रहरी चौकी त्रिवेणीले र शहिदभुमी-६ को विभिन्न ठाँउहरुमा उम्रेका ८०० वटा गाँजाको बोट प्रहरी चौकी आँखीसल्लाले नष्ट गरेको छ । डाँडा पाखाहरुमा आफै उम्रेको तथा अवैधरुपमा लगाएको गाँजाको बोट तथा बेर्नाहरु निरन्तररुपमा प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय