उर्लाबारी । आज हङकङमा उर्लाबारी शुभकामना सांगितिक साँझ कार्यक्रम हुँदैछ ।
उर्लाबारी नगरपालिका परिवार हङकङको आयोजनामा आज सो कार्यक्रम हुनेछ । कार्यक्रममा गायक डम्बर नेपाली, दिपक लिम्बू र गायिका मेचु धिमालको प्रस्तुतिका लागि हङकङ पुगेका छन् । नेपालीहरुका सम्पूर्ण चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानसहित सांगितिक कार्यक्रम हुने अध्यक्ष साङ्गेहाङ लिम्बूले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागो रहनुहुनेछ । उहाँ पनि सोही कार्यक्रमका लागि हङकङ पुगिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय