उर्लाबारी । उर्लाबारी जेसीजको आयोजनामा भएको जेसीज सप्ताह कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच सप्ताह कार्यक्रम सकिएको हो । सो अवसरमा भएको चित्रकला प्रतियोगितामा नेबुला अंग्रेजी बोर्डिङका प्रेमिस बराल प्रथम, मोरङ मोडल आमाबिकी केन्जिला सापकोटा दोस्रो र हिमचुली माबिकी जानवी काफ्ले तेस्रो हुनुभयो । प्रथम, दोस्रो र तेस्रोलाई उर्लाबारी जेसीजका अध्यक्ष नविन श्रेष्ठले शिल्ड तथा पुरस्कार वितरण गर्नुभयो । यस्तै, शुक्रबार नै उर्लाबारी–४ स्थित सिर्जना आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।
शुक्रबार ५० जना भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यार्थीहरूको शैक्षिक उन्नतीका लागि आवश्यक कापी, कलम,पेन्सिललगायत सामग्री वितरण गरिएको कार्यक्रम संयोजक पवन घिमिरेले जानकारी दिनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार चौहानको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मणिराज दाहाल, उर्लाबारी जेसीजका अध्यक्ष नविन श्रेष्ठलगायतले बोल्नुभएको थियो । भदौं ३१ गतेदेखि सञ्चालन भएको सप्ताहमा वाकाथुन,मानसिक स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम, नेतृत्व विकास तालिम, रक्तदान र स्लो मोटरसाइकल रेससमेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय