उर्लाबारी । मोरङको पथरीशनिश्चरेबाट प्रकाशित हुँदै आएको जमर्को साप्ताहिकको १२ औं वार्षिकोत्सवको अवसरमा नमूना बाल गृहका बालबालिकालाई भोजन गराएको छ ।
आइतबार नमूना बाल गृहकी अध्यक्ष मिना बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रिकाका सम्पादक÷प्रकाशक मोहन भट्टराईले देशकै गहनाको रुपमा रहेको बाल गृहका बालबालिकाहरुसँग खुशी साटेर पत्रिकाको वार्षिकोत्सव मनाउन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि बाल गृहसँग जोडिएर काम गर्ने बताउनुभयो । कार्यक्रममा सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष जगन्नाथ भट्टराई, घनश्याम भण्डारीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै गृहकी अध्यक्ष मिना बरालले सबैको साथ र सहयोगले गृह सञ्चालन भइरहेको बताउनुभयो । नमूना बाल गृहका बालबालिकालाई भोजन साथै शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।
ADVERTISEMENT