काठमाडौँ । कपिलवस्तुमा ११ वर्षीया बालिकामाथि यौन दुराचार गर्ने प्रिन्सिपल पक्राउ परेका छन् ।
प्रहरीले मंसिर ९ गते दिउँसो कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० भगवानपुरस्थित बुद्ध ज्ञानज्योति बोर्डिङ्ग स्कुलमा आफ्नै ११ वर्षीया विद्यार्थीमाथि यौन दुराचार गरेको अभियोगमा स्कुलका प्रिन्सिपल ४० वर्षीय यम खानलाई पक्राउ गरेको हो ।
बिहीबार ति प्रिन्सिपलले बालिकालाई आफ्नो कार्यकक्षमा लगेर यौन दुराचार गरेको भन्दै पीडित पक्षले जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले प्रिन्सिपल खानलाई पक्राउ गरी बाल यौन दुराचार सम्वन्धी मुद्दा दर्ता गरेको कपिलवस्तु प्रहरीले जनाएको छ ।