दमक । झापाको दमक–१० नलबारीमा धिमाल जात्री मेला भब्य रुपमा सम्पन्न भएको छ ।
नलबारी ग्राम थानमा शनिवार धिमाल जातीहरुको एक दिने जात्रीमेला तथा जाग्रम भवन उद्घाटन गरिएको हो । कोशी प्रदेशसभा सदस्य होम थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कोशी प्रदेशसभा सदस्य नम्बरलाल धिमाल, दमक १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारी, धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष अम्बरबहादुर धिमाललगायतले बोल्नुभएको थियो । प्रदेश सांसद थापा र धिमालको प्रदेश क्षेत्र विकास कार्यक्रमबाट २० लाख रुपैयाँबाट जाग्रम भवन, ३ वटा थान र शौचालय निर्माण गरिएको छ । जात्री पर्व भब्य रुपमा समापन भएको छ । कार्यक्रमको अध्यक्षता श्रीप्रसाद धिमालले गर्नुभएको थियो भने सञ्चालन भने पत्रकारद्वय बिजय धिमाल तथा सम्झना राईले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय