
रतुवामाई। मोरङको रतुवामाई नगरपालिका–१० मा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । बिहीबार आयोजना गरिएको वडा सम्मेलनबाट १७ सदस्यीय कमिटी गठन भएको हो ।
नयाँ कमिटीको उपाध्यक्षमा रुक्मिणी दाहाल, सचिवमा धर्म तितुङ, सहसचिवमा नवीन कार्की र कोषाध्यक्षमा मीना खड्का चयन भएका हुन् ।
सदस्यहरूमा मिलन भुजेल, राजेन्द्र मगराती, नवराज निरौला, गीता कटवाल, उद्धव कार्की, मोहनप्रसाद दाहाल, गीता मगराती, जीतबहादुर भण्डारी, टंक सुवेदी, धनमाया नेपाली र लेखनाथ खनाल रहेका छन् ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा माओवादी कोशी प्रदेश सचिव गणेश उप्रेतीको प्रमुख आतिथ्यतामा भएको वडा सम्मेलनमा अरू दल त्यागेर ३८ जना नेता कार्यकर्ताहरु माओवादी पार्टीमा प्रवेश गरेका थिए ।