
फिदिम । तेह्रथुको छथर गाँउपालिका र पाँचथरको तुम्बेवा गाँउपालिका जोड्ने आक्पारा पुल निर्माणको बिषयमा नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले चासो राखेका छन् ।
तमोर करिडोर हुँदै पाँचथर सदरमुकाम फिदिम आउने क्रममा पुल निर्माण स्थलबाट शहरी बिकास मन्त्री सीता गुरुङलाई फोन गरेर कोईरालाले पुल निर्माणको काम चाँडै सम्पन्न गर्न आग्रह गरेका हुन् ।
छथर गाउँपालिका-४ का कांग्रेस वडा सभापति सिद्धिमान लिम्बू लगायत स्थानीयले आक्पारा घाटको पुल निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको गुनासो गरेपछि कोईरालाले पुल निर्माणको अनुगमन गरेका थिए । अनुगमनपछि मन्त्री गुरुङलाई कोईरालाले काम चाडै सम्पन्न गराउन आग्रह गरेका हुन् ।