दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । मोरङको उर्लाबारीमा भोलिदेखि तेस्रो प्याब्सन स्पोट्र्स मिट २०८० सुरु हुने भएको छ ।
उर्लाबारी प्याब्सनले आज एक पत्रकार सम्मेलन गर्दैं विभिन्न विधाका खेलकुद प्रतियोगिता गराउन लागेको हो । उक्त खेलकुद प्रतियोगिता पौष १२ गतेदेखि १४ गतेसम्म चल्ने छ भने खेलकुद कार्यक्रममा आधारभूत तह कक्षा–८ सम्मका छात्र तर्फको फुटसल, माध्यमिक तह कक्षा–१० सम्मका छात्रतर्फको फुटबल, छात्र तथा छात्राको भलिबल जस्ता खेलहरु हुने छन् ।
उलाृबारी प्याब्सनका अध्यक्ष दिनेश पोख्रेलका अनुसार उक्त खेलहरुमा उर्लाबारी नगरपालिकाभित्रका २१ संस्थागत बिद्यालयहरुको सहभागीता हुँदा करिब पाँच सय विद्यार्थीहरुको प्रत्यक्ष संलग्नता रहने छन् । अध्यक्ष पोख्रेलले प्रतियोगिताको अनुमानित कुल लागत तीन लाख रुपैयाँ रहेको जानकारी दिँदै उक्त लागतमा उर्लाबारी नगरपालिकाले एक लाख रुपैयाँ उपलब्ध गराउने छ भने करिब ७० हजार प्रतियोगितामा सहभागी हुने बिद्यालयहरुबाट इन्ट्री फ्री उठ्ने र अन्य खर्च प्याब्सनको आन्तरिक ब्यवस्थापन श्रोतबाट हुने बताउनु भएको छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलका खेलाडी बिजेता, उपबिजेता टिमहरुलाई प्रमाणपत्र सहित मेडलले प्रदान गरिने उर्लाबारी प्याब्सनका सचिब कुलप्रसाद न्यौपानेले जानकारी दिनु भएको छ ।
उक्त खेलहरु प्रस्तावित रंगशाला उर्लाबारी–३ र उर्लाबारी ४ मा रहेको फुटसल मैदानमा हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय