उर्लाबारी । मोरङको उर्लाबारीमा दशैंको अवधिमा कुनै अप्रिय घटना भएनन् । विगतका बर्षहरुमा झै–झगडालगायतका धेरै घटना हुने गरेको भएपनि यस पटक उर्लाबारी शान्त रह्यो ।
दशैंको अवधिमा झै–झगडाको घटना १ वटा भयो भने महिला हिंसाका कुनै घटना भएनन् । चोरीको १, आत्महत्या १, सवारी दुर्घटना ६ वटा भएको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा ३ जना पैदल यात्रु घाइते भएका छन् भने सवार २ जना घाइते भएका छन् । त्यस्तै, सवारी चालक १ जना घाइते भएका छन् । त्यस्तै, १ जना मोटरसाइकल चालकको मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । दशैंको अवधिमा विगतका बर्षको तुलनामा सबै घटनामा कमी भएको प्रहरीले बताएको छ । संयुक्त चेकिङ, अपराधिक ब्यक्तिहरुलाई निरन्तर निगरानी, सचेतनामूलक कार्यक्रम, प्रहरी परिचालन, चोरीको घटना भएको २४ घण्टाभित्रै पक्राउ गरी कानुनी कार्वाही, सिसीटिभी क्यामेराको निगरानी, विगतमा अपराधमा संलग्नहरुलाई सुधार गृह र मानव सेवा आश्रममा पठाउन सफल बनेका कारण विगतका बर्षभन्दा यस बर्ष उर्लाबारी शान्त रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय