उर्लाबारी । मोरङ मिक्लाजुङ–२ मा जारी प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिताको सोमबारको खेलमा वडा नं. २ विजयी भएको छ ।
तिल्केनी युथ क्लबको आयोजना र मिक्लाजुङ गाउँपालिका वडा नं. २ को कार्यालयको सहयोगमा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा वडा नं. ९ लाई २–० ले हराउँदै वडा नं. २ विजयी भएको हो । वडा नं. २ को तर्फबाट जर्सी नं. १५ का खेलाडी बर्षा राई दुई गोल गरिन् भने वडा नं. ९ ले कुनै गोल गर्न सकेन । खेलको म्यान अफ द म्याच मिक्लाजुङ वडा नं. ९ को जर्सी नं. ११ की खेलाडी सन्ध्या परियार भइन् । प्रतियोगितामा प्रथम र दोस्रो हुनेलाई क्रमशः नगद ३० हजार, १५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सरोज किरातीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय