
काठमाडौँ — मोरङको उर्लाबारीका युवा निर्मल सिग्देलले ललितपुरको महालक्ष्मीस्थानमा टीभीएसको नयाँ शोरुम सञ्चालनमा ल्याएका छन् ।
युनिराइड अटो प्रालिले खोलेको शोरुमबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्री एस) को सुविधा रहेको सञ्चालक सिग्देलले जानकारी दिनुभयो । करिब २ करोडको लगानीमा सञ्चालनमा आएको उक्त शोरुममा हरेक मोटरसाइकल तथा स्कुटर खरिदमा दसैंको स्किम तथा ओपनिङ डिस्काउन्ड रहेको उहाँको भनाई छ ।