उर्लाबारी । मोरङका दुई अग्रज पत्रकारलाई सम्मान गरिएको छ । अग्रज पत्रकार उर्लाबारी वडा नंं. ४ का दुर्गाप्रसाद भट्टराई र उर्लाबारी–६ का दुर्गाप्रसाद खतिवडालाई सम्मान गरिएको हो ।
भट्टराईलाई उर्लाबारी उद्योग बाणिज्य संघले नगद ५ हजारसहित सम्मान गरेको छ । उर्लाबारी नगरपालिकाका उपप्रमुख मिनादेवी पौडेल खतिवडा र संघका अध्यक्ष शेरबहादुर भण्डारीले सम्मानपत्रसहित उहाँलाई सम्मान गर्नुभएको हो । चार दशकदेखि पत्रकारिता गर्दै आउनुभएका भट्टराई न्यू पाथीभरा साप्ताहिकका प्रकाशक तथा सम्पादक हुनुहुन्छ ।
त्यस्तै, सञ्चार क्लब नेपाल उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सम्मान गरेको छ । नगद १० हजारसहित खतिवडालाई सम्मान गरिएको हो । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल र संस्थाका अध्यक्ष चिन्तामणि पौडेलले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । अलकापुरी नेपाल साप्ताहिकका सम्पादक तथा प्रकाशकसमेत रहनु भएका खतिवडा पनि चार दशकले पत्रकारिता गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय