उर्लाबारी, नगरपालिकाले अनुदानमा तरकारीको उन्नत तथा वर्णशंकर जातको बीउ वितरण गर्न सुरु गरेको छ । ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले तरकारीको बीउ वितरण गर्न थालेको हो ।
नगर उपप्रमुख मीना खतिवडा पौडेलले तरकारीको बीउ वितरणको सुरुवात गर्नुभएको छ । किसानलाई व्यावसायिकरूपमा तरकारी खेती गर्न टेवा पुर्याउने हेतुले बीउ वितरण गरिएको कृषि शाखा प्रमुख अम्बिका लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्रका पाँच वटा कृषि समुह र २३ जना व्यवसायिक किसानलाई बीउ उपलब्ध गराइएको छ । जसअनुसार ५ कट्ठामाथि व्यवसायिक रुपमा तरकारी बाली लगाउँदै आएका किसानलाई अनुदानको बीउ लिने सुचिमा पारिएको हो । उपलब्ध गराइएको बीउमा घिरौला, मुला, खुर्सानी, भेडे खुर्सानी (क्याप्सिकम), भिण्डी, धनियाँ, प्याज, ब्रोकाउली, स्क्वास फर्सी, बोडी, गोलभेडा, काक्रा, करेला, फूलकोभी तथा उपलब्धबन्दाकोभीका बीउ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय