उर्लाबारी । युवा व्यवसायी तथा मोबाईल वल्र्डका संचालक योजराज कार्कीले १ सय ५० केजी चामल जीवन बचाउ उपचार गृहमा सहयोग गरेका छन् ।
आज गृहका अध्यक्ष शेखर कार्कीसहितको टोलीलाई सो चामल हस्तान्तरण गरेका हुन् । कोरोना भाइरस तथा लकडाउनका कारण सास्ती खेप्दै आएको गृहमा सो सहयोगले केही हदसम्म राहत मिलेको अध्यक्ष कार्कीले जानकारी दिए । यसअघि कार्कीले उर्लाबारी क्षेत्रका विपन्न, अशक्तलगायतलाई राहत वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय