उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको सिद्धिविनायक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
उर्लाबारी–५ कै श्रीसगरमाथा साकोसको सभाहलमा भएको साधारणसभामा कोशी प्रदेश सांसद् शोभा चेम्जोङ पालुङ्वाको प्रमुख आतिथ्यतामा रहेको थियो । सहकारीका अध्यक्ष गणेशबहादुर खत्रीले अध्यक्षको प्रतिवेदन र नीति तथा कार्यक्रम, सचिव दिलकुमारी बस्नेतद्धारा प्रस्तुत कार्यप्रगति प्रतिवेदन, लेखा संयोजक भरत थापाद्धारा प्रस्तुत लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन सुझाब र छलफलसहित पारित भएको कार्यालय प्रमुख सुनिल सुवेदीले जानकारी दिनुभयो ।
साधरणसभामा उत्कृष्ट बचतकर्ताबाट गोविन्द श्रेष्ठ, मञ्जु परियार, रुद्रकुमार न्यौपाने, उत्कृष्ट कर्जा पुरस्कारबाट लालबहादुर चौधरी, बलराम कटुवाल, खगेन्द्र गौतम, चन्द्रालामा तामाङ पुरस्कृत हुनु भएको छ । साधारणसभाकै अवसरमा संस्थाका शेयर सदस्यहरु विभिन्न संघसंस्थाको नेतृत्वमा चयन भएकोमा बधाई तथा शुभकामनासहित सम्मान गरेको छ । साधारणसभामा उपाध्यक्ष अम्बरबहादुर धिमालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
९८४ जना शेयर सदस्य रहेको सो सहकारीको शेयर पुँजी एक करोड ४ लाख ३२ हजार २ सय रहेको छ भने बचत निक्षेप ६ करोड ४५ लाख ४३ हजार ४ रुपैया रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय