
तिलक नेपाली / उर्लाबारी
उर्लाबारी नगरपालिका वडा नम्बर ७ मा साेमबार बैदेशिक राेजगारबाट फर्किएका व्यक्तिहरुकाे वडास्तरिय रिटनी संजाल गठन भएकाे छ ।
हिजो नब दुर्गा मन्दिरकाे सभाहलमा भएकाे वडा स्तरिय भेलाबाट तुलसी प्रसाद रेग्मीको अध्यक्षतामा ११ सदस्यीय रिटनि संजाल सर्वसम्मत रुपमा गठन भएकाे हो। जसकाे उपाध्यक्षमा तेज प्रसाद आचार्य, सचिवमा गजेन्द्र तामाङ सहसचिवमा नगेन्द्र भण्डारी र काेषाध्यक्षमा दिनेश घिमिरे रहेका छन ।
यस्तै सदस्यहरुमा रमेश निराैला , सन्तोष भण्डारी ,निर्मल तिम्सिना, गुरु प्रसाद भट्टराई र कुमार खडका चयन भएका छन ।
नेपाल सरकार र स्वीस सरकारबिच भएकाे द्विपक्षीय सम्झौता बमोजिम वैदेशिक राेजगारबाट फर्किएका व्यक्तिकाे पुन: एकीकरण परियोजना( रेमी) कार्यक्रम संचालन मार्गदर्शन २०७९ अनुसार उर्लाबारी नगरपालिकामा २०८० साल असारबाट शुरु भई कार्यक्रम कार्यन्वयन सन्दर्भमा वडा स्तरमा संजाल गठन गरिएकाे रेमि कार्यक्रमका राेजगार परामर्शदाता संगिता कार्कीले बताईन् ।
यस्तै कार्यक्रममा नब गठित संजाललाई शुभकामना दिने क्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनादेबि खतिवडाले खाडी मुलुक र मलेसियाबाट फर्किएका श्रमिकहरुलाई स्वदेशभित्र सामाजिक , सास्कृतिक , आर्थिक र राजनीतिक जीवनमा सक्रिय रुपमा सहभागी गराई पुन: एकीकरण गराउने(रेमी ) कार्यक्रम उर्लाबारी नगरपालिकामा सुरु भएकाे बताउदै उक्त अभियानमा सबै जना समेटिनुपर्ने धारणा व्यक्त गरिन् । यस्तै उनले बैदेशिक राेजगारबाट फर्केका पुरुष र महिला श्रमिकहरुका लागि दिगाे सामाजिक र आर्थिक रुपमा पुन:एकीकरण गरी उनीहरुकाे सीप परिक्षण र प्रमाणिकरण गरि राेजगारीको अवसर सिर्जना गर्ने र सहुलियतमा ऋण उपलब्ध गराउनका लागी कार्यक्रमले सहजिकरण गर्ने रेमि कार्यक्रमकाे लक्ष्य रहेकाे बताईन् ।
यस्तै उर्लाबारी नगरपालिका वडा नं ७ की वडा अध्यक्ष उर्मिला थापाले विदेशमा सिकेकाे सिपलाई नेपालमा उचित प्रयाेग गर्न सुझाब दिएकी छन् । उनले रिटनीहरुकाे आवश्यक याेजना बनाएमा नगरपालिका तथा वडाबाट बजेट छुटयाउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।
वडाका अध्यक्ष थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा वडाका जनप्रतिनिधि सहित वडाभित्रका विदेशबाट फर्किएका व्यक्तिहरुकाे उल्लेखनीय उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम नगर संजालका अध्यक्ष छबिलाल दाहालकाे सहजिकरणमा सम्पन्न उक्त कार्यक्रमको संचालन नगर संजाल सदस्य जीवन चिमरियाले गरेका थिए ।