
उर्लाबारी । मिक्लाजुङ सञ्चार क्लबको अध्यक्षमा सन्तोष गौतम सर्वसम्मत चयन भएका छन् ।
मिक्लाजुङ गाउँपालिकाको सभाहलमा शनिबार भएको भेलाले पत्रकार गौतमलाई सर्वसम्मत चयन गरेको हो । एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गौतम ब्लाष्ट टाइम्स मधुमल्लाको समाचारदाता हुन् । त्यस्तै, उपाध्यक्षमा गंगा लामा, सचिबमा युवराज दाहाल, सचिबमा प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा सुष्मा नेपाली चयन भएका छन् । त्यस्तै, सदस्यमा टिका शिवा, चन्द्र लकान्द्री, खगेन्द्र चौहान, महेन्द्र थेगिम, लभसिंह श्रेष्ठ र देव राई रहेका छन् । मिक्लाजुङका अग्रज संगीतकर्मी विशाल राईको अध्यक्षतामा भएको भेलामा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष सरोज बस्नेत, सल्लाहकार नवराज भट्टराईलगायतले बोलेका थिए ।