
उर्लाबारी । ‘अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ मोरङको उर्लाबारीमा पनि २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम मनाइएको छ ।
उर्लाबारी नगरपालिकाको आयोजनामा वडा नम्बर ८ बाल विसौनीका कृषक देशबहादुर चापागाइँको खेतमा रोपाई कार्यक्रम गरिएको हो । पूर्व मन्त्री एवं एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, नेपाली कांग्रेस उर्लाबारी नगरसभापति सुरेन्द्र लिम्बूलगायतले बोल्नुभएको थियो । आर्थिक वर्ष २०६१। ६२ देखि मुलुकभर असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन थालिएको थियो ।