घनश्याम भण्डारी
उर्लाबारी । आर्थिक अवस्था कमजोर भएका विपन्न उपभोक्तालाई बाख्रा र सुँगुरका पाठा वितरण गरिएको छ ।
मोरङको उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समूहले ३० जना उपभोक्ताहरुलाई बाख्रा र सुँगुरका पाठा वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका विपन्न उपभोक्ताहरुलाई आयआर्जनमा टेवा पु¥याउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा र सुँगुरका पाठा वितरण गरेको बेतिनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर राईले जानकारी दिनुभयो । आर्थिक अवस्था सुधार गर्न निर्वाहमुखी भन्दा पनि व्यावसायिक कृषी गर्नु पर्ने बताउँदै बाख्रा र सुँगुर तथा बोका वितरण कार्यक्रम विउ पुँजीको रुपमा लिन वडाध्यक्ष राजनकुमार कँडेलले आग्रह गर्नुभएको छ । आयआर्जन र व्यवसाय मुलक बनाउन यस प्रकारको कार्यक्रमले फाईदा पुग्ने उहाँको भनाई छ ।

https://www.youtube.com/watch?v=mSc8yyfxnFY&t=635s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय