उर्लाबारी । नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य अनुसार मोरङको उर्लाबारी–८ सिसौलीमा फुटबल प्रतियोगिता हुने भएको छ ।
खैरेनी समाज सेवा समिति उर्लाबारी–८ मातहतको सिसौली फुटबल क्लबको आयोजनामा जेठ २ गतेदेखि प्रथम सिसौली नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिताको आयोजना गरेको हो । देशविदेशमा रहनु भएका सहयोगी दाताहरुको सहयोगमा सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा मोरङ र झापाका ८ टिमको सहभागिता रहने भएको छ । मंगलबारे फुटबल क्लब उर्लाबारी, रमाइलो युवा परिवार कानेपोखरी, चुलाचुली फुटबल क्लब दमक, पथरी फुटबल क्लब मोरङ, बेलबारी फुटबल क्लब मोरङ, सिरिजंघा फुटबल क्लब पथरी, रतुवामाई नगरपालिका रतुवामाई र सिसौली फुटबल क्लब आयोजक रहने खेल संयोजक रञ्जित सुब्बाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेतालाई ५१ हजार र उपविजेतालाई ३१ हजार प्रदान गरिने सचिब प्रेम लिम्बूले बताउनुभयो । उहाँले नयाँ खेलाडी उत्पादनसँगै युवाहरुलाई खेलकुदमा लाग्न प्रेरित गर्न सो प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । उर्लाबारी नगरपालिका, वडा नं. ८ को कार्यालयलगायतलाई पनि सहयोगका लागि आयोजकले आग्रह गरेको छ । जेठ ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
ADVERTISEMENT