उर्लाबारी । मोरङ सुनचाँदी व्यवसायी संघ उर्लाबारीको बिहीबार भएको सातौँ चुनावी साधारण सभाले ज्ञानकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
सो संघको बिहीबार भएको उम्मेदार मनोनयनमा अध्यक्षमा श्रेष्ठ सहित सवै पद्मा कार्य समिति भन्दा बढी उम्मेदारले मनोनयन नगरेका कारण सर्वसम्मत भएको हो ।
संघको उपाध्यक्षमा यमलाल रसाईली, महासचिवमा असोक धिमाल, सचिवमा गोपाल भण्डारी, कोषाध्यक्षमा बिनोद सापकोटा, तथा सदस्यहरुमा संम्झना जोशी, तेजकुमार श्रेष्ठ, डिल्लीराम खतिवडा, मदन भण्डारी र राजकुमार कड“रिया चयन भएका निर्वाचन अधिकृत गणेश खड्गीले बताएका छन ।