उर्लाबारी । मोरङको उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वन हाताभित्र रहेको सिमसार क्षेत्रको संरक्षणका लागि तटबन्ध थालिएको छ ।
सोल्टी खोला कटानका कारण बर्सेनि बेतिनी सिमसार क्षेत्रलाई जोखिम पु¥याउँदै आएको थियो । जलस्रोत तथा सिचाई डिभिजन कार्यालय बिराटनगर मोरङको सहयोगमा १२ लाख बराबरको तटबन्ध कार्य सञ्चालन भइरहेको अध्यक्ष भीमबहादुर राईले जानकारी दिनुभयो ।
पूर्वको चर्चित पर्यटकीय स्थलमध्ये एक बेतिनी सिमसार क्षेत्रको विकासमा वन समिति सक्रियपूर्वक लागि रहेको कोषाध्यक्ष अर्जुन बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय