उर्लाबारी । चैत्र ५ गते हुने स्ववियू निर्वाचनको सरगर्मी बढेको छ । यसैक्रममा उर्लाबारी बहुमुखी क्याम्पसमा पनि चुनाबी सरगर्मी बढिरहेको छ ।
एमालेनिकट अनेरास्ववियुसहित माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियू, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राप्रपा निकट राप्रविसंघको संयुक्त प्यानलबाट साझा उम्मेद्वार बनाइएको छ । अनेरास्ववियु नेतृत्वको प्यानलबाट सभापतिमा प्रीति दाहाल, सचिवमा थानेश्वर अधिकारी (आकाश) र कोषाध्यक्षमा भिम ब. मंग्राती (भुवन) चुनावी मैदानमा छन् भने सदस्यहरुमा चिराग श्रेष्ठ, दिवस ढुंगाना, हिक्मत थापा, शर्मिला चौलागाई, दिपेन्द्र ब. विश्वकर्मा, बिनोद नेपाल, अजय खतिवडा र विश्वास राई रहेका छन् । उनीहरुले विद्यार्थीहरुसँग भेटघाट र छलफल गरिरहेका छन् । सहमति र सहकार्यसहित विद्यार्थीहरुको हकहितका योजना बनाएर पाँच विद्यार्थी संगठन एक ठाउँमा उभिएकाले सबैले यस पटक संयुक्त प्यानलका उम्मेद्वारहरुलाई विजयी गराउनु पर्नेमा अधिकांश विद्यार्थीहरुले धारणा राख्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय