
ज्योति शर्मा
उर्लाबारी । मोरङको उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समूहले २० औं बार्षिक साधारणसभाको अवसरमा पत्रकार सरोज बस्नेतलाई पुरस्कृत गरेको छ ।
आइतबार सोही वनको मातहतमा रहेको पर्यटकीय स्थल बेतिनी सिमसारमा आयोजना गरेको साधारणसभामा पत्रकार बस्नेतलाई नगद १० हजारसहति पुरस्कृत गरेको हो । पूर्वी कमाण्ड मिडिया प्रा।लि। उर्लाबारीका अध्यक्ष बस्नेत डेढ दशकदेखि उर्लाबारीमा रहेर पत्रकारितामा सक्रिय रहनु भएको छ । अलकापुरी नेपाल साप्ताहिको कार्यकारी सम्पादकसमेत रहनु भएका बस्नेतलाई सामुदायिक वन र सिमसार क्षेत्रको प्रचारप्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मानपत्रसहित पुरस्कृत गरिएको समूहका अध्यक्ष भीमबहादुर राईले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिका वडा नं। २ का वडाध्यक्ष राजनकुमार कँडेलले सम्मान पत्र र नगद हस्तान्तरण गर्नुभएको थियो ।