उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सवको अन्तिम दिन आज गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका टिका प्रसाईको प्रस्तुति रहने भएको छ ।
अन्तिम दिन चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिसँगै ९ दिने महोत्सव सम्पन्न हुने संयोजक चन्द्रबहादुर भट्टराई भरतले जानकारी दिनुभयो । अन्तिम दिन अहिलेसम्मकै धेरै दर्शकको सहभागिता रहने अपेक्षा गरिएको उहाँले बताउनुभयो । यसअघि चर्चिक गायक गायिकाहरुले प्रस्तुति दिइसकेको छन् ।
ADVERTISEMENT