उर्लाबारी । चिसो मौसम, झिसमिसे साँझ अनि बत्तीको झिलिमिली । झिलिमिली साँझमा हुने साङ्गीतिक माहौलले दर्शकलाई अझ रमाइलो अनुभूति दिने गरेको छ उर्लाबारी प्रादेशिक महोत्सवमा ।
उर्लाबारी प्रादेशिक महोत्सव उर्लाबारीमा राष्ट्रिय कलाकारको प्रस्तुतिले हरेक दिन तताउने गरेको छ । आइतबार राति ज्योति मगर कार्यक्रमको आकर्षण बनिन् । उनको प्रस्तुतिले कार्यक्रमको माहोल निकै रमाइलो बनाएको थियो ।
प्रादेशिक महोत्सव उर्लाबारीमा चर्चित गायिका ज्योति मगरले दर्शकहरुलाई कपडा खोलेरै मनोरन्जन दिईन । स्टेज चढ्दा शरिरले थाम्न नसस्क्ने गरि लगाएकि ज्योतिले कपडा एकाएक खोलिन र भनिन- मनोरन्जनका लागि सवैथोक गर्न मिल्छ । ए जे राम्रो लाग्छ त्यहि गर्ने हो । म सवै जातजाति धर्म संस्कृतिलाई उत्तिकै सम्मान गर्छु तर म आपनो कलालाई दर्शकहरुको भरपूर मनोरन्जनका लागि प्रयोग गर्छु ।
फूल कपडामा प्रवेश गरेर गित प्रस्तूत गर्दै नचाउन थालेकी मगरले केहि समयपछि कपडा खोलेर पछि हाप कपडामा अन्य गितहरु प्रस्तूत गरेकी थिईन ।
उनले डाक्टर भोला रिजाललको सल्लाहमा खाने भियाग्रा भन्दा आफ्नो प्रस्तूतिले धेरैलाई इमोसनमा ल्याउने वताईन ।
उनको प्रस्तुति हेर्नको लागि दर्शकको भीड लागेपछि आयोजकलाई व्यवस्थापन गर्न धौ–धौ भएको थियो ।
ज्योतीले ढाँडे विरालो…, जिम्माल बाउकी छोरी…, उही मुलाको सिन्की उही मुलाको चाना, खोली भित्र के छ…. लगायतका गीत गाउने र नाच्ने गर्दा महोत्सवको रौनक नै फेरियो ।
राति शीत पर्न थाले पनि ज्योतिको गीतले दर्शकलाई नचाएकाले जाडो भगाएको थियो । गायिका ज्योती साथ दिँदै महोत्सवमा सहभागी हजारौं युवाले सँगसँगै गाउन र नाच्न थालेका थिए । राति ९ बजे देखि गीत गाउन थालेकि ज्योतिको करिव एक घण्टा मनोरञ्जनात्मक गीतले दर्शकको मन जितिन।
गायिका ज्योति मगर आउने निश्चित भएपछि दर्शकहरु धेरै बेर पर्खाइमा बसेका थिए । ढिलै भए पनि ज्योति स्टेजमा उक्लिएपछि दर्शक खुसीले उफ्रिएका थिए । ज्योतिको सबै प्रस्तुतिमा वान्स मोरको आवाज गुञ्जिएको थियो । ज्योतिले गाउनुभएका हरेक गीतसँगै महोत्सवस्थलमा तालीको गडगडाहट र हुटिङ्को कमी थिएन ।
ज्योतिको गीतमा दर्शक आएको भीड धेरै हुँदा सुरक्षा व्यवस्था मिलाउन हम्मेहम्मे परेको आयोजक उर्लाबारी उवासंघ उर्लाबारीका पुर्व अध्यक्ष तथा महोत्सव संयोजक चन्द्रबहादुर भट्टराई भरतले बताए।
ज्योतिसँग फ्यानहरुको फोटो खिच्नेको पनि भीड लागेको थियो । महोत्सवमा करीव २ हजार दर्शक एकै दिन आएको महासचिव हेमराज गुरुङले बताए। सोमबार साझ गायक कमल खत्री लगायतको प्रस्तुति रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय