
मोरङ,मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री धरान उप-महानगरपालिका-५ का २२ बर्षीय अमन अछामे र २२ बर्षीय संजिव बिश्वकर्माको साथबाट १ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।