उर्लाबारी । मोरङको उर्लाबारी–८ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा यूवा प्रतिभा प्रस्फूटन प्रोत्साहन अक्षयकोष स्थापना गरिने भएको छ ।
आज कोषका संयोजक रुद्रबहादुर तामाङले दुई साताभित्र ५ लाख रुपैयाँको यूवा प्रतिभा प्रस्फूटन प्रोत्साहन अक्षयकोष स्थापना हुने घोषणा गर्नुभएको हो । सरस्वती पूजाको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा ८, ९ र १० का कक्षा प्रथमलाई कोषमार्फत छात्रबृत्ति प्रदान गरिने उहाँले जानकारी गराउनुभएको छ । पहिलो चरणमा यूवा प्रतिभा प्रस्फूटन प्रोत्साहन अक्षयकोष उर्लाबारी–२ को सुनझोडा माबिमा स्थापना भएको थियो । सो विद्यालयमा ५ लाख रुपैयाँको कोष स्थापना भइसकेको छ । दोस्रो चरणमा सावर्जनिक छनौटमा परेको थियो । सो कोषका लागि ३ लाख ७० हजार रुपैयाँ संकलन भइसकेको र केही दिनमा ५ लाख रुपैयाँको कोष स्थापना गरिने सदस्य बद्री विक्रम सुवेदीले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक अखिलेश साहले कोष स्थापना गर्ने टिमलाई धन्यवाद ज्ञापन गर्दै आर्थिक कमजोर भएका जेहेन्दार विद्यार्थीलाई थप पढाईमा सहज हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय