लेटाङ । मोरङको लेटाङ नागरपालिका –४ मा रहेको श्री शान्ति भगवती माध्यमिक विध्यालयको ७०औँ वाषिर्कोत्सव तथा अभिभावकदिवस विद्यालय परिसरमा सम्पन्न भएको छ ।शुक्रबार भएको वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमा शैक्षिक प्रदर्शनी र वाषिर्क पुरस्कार वितरण रहेका थिए ।
कार्यक्रमको प्रमुख अथितिको आथित्यता ग्रहण गर्दै लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतिले शिक्षानै विकासको मुख्य क्षेत्र रहेको बताएका थिए । शान्ती भगवती लेटाङ कै नमुना बिद्यालय बनेको भन्दै प्रशंसा गर्नुभयो ।
बिद्यालयलाई असर पुर्याउन केही तत्व अगाडि आएको बिद्यालय ब्यबस्थापन अध्यक्षले जानकारी गराएपछि मेयर लावतिले तेस्ता तत्वलाई प्रमाण जुटाएर कानुन बमोजिम कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
बिशिस्ट अतिथि शंकर राईले लेटाङको नमुना बिद्यालय बनोरहेको भन्दै शुभकामना ब्यक्त गर्नु भयो । बिद्यालयको स्तरउन्नतिका लागि शिक्षक र अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ब्यबस्थापन समितिले शान्ति भगवती बिकास गर्न ठुलो भुमिका खेलेकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज चाम्लिङले विद्यालयको शैक्षिक गुणस्तर र विद्यालयको सर्वांगीण उन्नतिका लागि अहोरात्र लागिपर्ने बताएका छन । बिद्यालयलाई कमजोर पार्न राजनितीक खेलहरु सुरु भएको भन्दै यस प्रती सबै सजग रहन आग्रह गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद ढकालले वार्षिक आर्थिकतथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालय निरन्तर कृयाशिल रहेको बताएका छन ।
कार्यक्रममा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक पुरस्कार, विभिन्न छात्रवृति अक्षयकोसबाट विद्यार्थीहरुलाईपुरस्कार प्रदान गरिएको थियो l यस्तै पूर्व–विद्यार्थीहरु ,शिक्षकहरु ,७८/७९ का अक्षयकोस दाताहरुलाई सम्मान प्रदान गरिएको थियो ।अभिभावहरुलाई चिट्ठा मार्फत पुरस्कार समेत प्रदान गरिएको थियो ।
विभिन्न बिज्ञान तर्फक शैक्षिक प्रदर्शनी राखिएको उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वडा न.का वडाध्यक्ष राम श्रेष्ठ, लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थितिरहेको थियो ।

लेटाङ खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय