उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित अरनिको हस्पिटल प्रा.लि. को नवौं साधारणसभामा प्रदेश प्रमुख परशुराम खापुङ्ग आउने हुनुभएको छ ।
शनिबार श्रीसगरमाथा साकोसको हलमा हस्पिटलको नवौं बार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा प्रदेश प्रमुख खापुङ्ग आउने हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । २०७० सालमा स्थापना भएको सो हस्पिटलले आकस्मिक सेवा, विशेषज्ञ डाक्टरबाट ओपिडि सेवा, हाडजोर्नी, फिजिसियन, रेडियोलोजिष्ट, सर्जन, वालरोग, महिला, छालारोग, नाक कान घाँटी, ,आमा सुरक्षा कार्यक्रम, फिजियोथेरापीलगायतको सेवा रहेको छ । सो हस्पिटलले गरिव तथा बिपन्न वर्गका विरामीलाई निःशुल्क उपचार सेवा समेत दिँदै आएको छ भने बिमा कार्यक्रम पनि लागु रहेको छ । हस्पिटलमा दैनिक ४ सय बढीले स्वास्थ्य सेवा लिँदै आएको जनाइएको छ । हस्पिटलमा विशेषज्ञ डाक्टरसहित ८० जना कर्मचारीहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय