
उर्लाबारी । मोरङको मिक्लाजुङकी गोपीमाया लिम्बूको बार्षिक पून्यतिथीको अवसरमा बुधबार रत्न जेष्ठ नागरिक बृद्धाश्रम सेवा केन्द्रमा आश्रित जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
लिम्बूका आफन्त ललित चेम्जोङ, सुनिता चेम्जोङ, खड्ग चेम्जोङ, मञ्जु श्रेष्ठ चेम्जोङलगायत चेम्जोङ परिवारले आश्रममा आश्रित ८ जना जेष्ठ नागरिकहरु ज्याकेट वितरण गर्नुभएको हो । आमाबुवाहरुलाई ज्याकेटसहित विहानको खाना, हर्लिक्सलगायत वितरण गरिएको छ । जाडोमा आश्रममा आश्रित आमाबुवाहरुलाई न्यानो होस् भनेर ज्याकेट वितरण गरिएको सहयोगीदाता मञ्जु चेम्जोङले जानकारी दिनुभयो ।
२०७२ सालबाट सुरु भएको उक्त आश्रममा ८ जना आमाबुवा आश्रित रहनुभएको छ । त्यस्तै, उर्लाबारी–३ का १०८ बर्षका हर्कबहादुर तामाङलाई कम्बल र खाद्यान्य वितरण गरिएको छ ।