उर्लाबारी । आर्थिक अवस्था कमजोर भएका मोरङको उर्लाबारी–८ सार्वजनिक माध्यमिक विद्यालयका ३२ जना विद्यार्थीहरुलाई सर्ट र पेन्ट वितरण गरिएको छ ।
युवा प्रतिभा प्रष्फुटन प्रोत्साहन कोषका सदस्यहरु उर्लाबारी–३ हाल अमेरिका निवासी सुरेन्द्र थापा र उर्लाबारी–७ हाल सिलङ र नेपालमा व्यवसायी गर्ने जबर तामाङले सर्ट र पेन्ट सिलाईसहित वितरण गरिएको हो । कोषका संयोजक रुद्रबहादुर तामाङको समन्वयमा बिहीबार विद्यार्थीहरुलाई वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक अखिलेश साह, कोषका सह–संयोजक बानु सुब्बा, सदस्य कृष्णबहादुर भण्डारी, सदस्य निरुपा निरौला, जबरकी ९३ बर्षीया माता शुकमाय तामाङ, स्वास्थ्यकर्मी गरिमा मोक्तानलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय