
उर्लाबारी । धिमाल फुड फेस्टिबल चिचिरी–गेन्द्रो दिवस २०७९ हुने भएको छ ।
धिमाल जातिय विकास केन्द्र ,केन्द्रीय समितिको हालै सम्पन्न सचिवालय बैठकले उक्त दिवस मनाउन संस्था सह–अध्यक्ष कृष्णबहादुर धिमालको संयोजकत्वमा ९ सदस्य समिति समेत गठन गरेको छ । समितिको सदस्यमा शान्तिदेवि धिमाल, खड्ग बहादुर धिमाल, मातृका धिमाल, रत्नबहादुर धिमाल, अजित धिमाल, मणिराज धिमाल, रोमान्सी धिमाल र श्रीप्रसाद धिमाल रहनु भएको छ । दिवसको मिति र स्थान भन्ने सो समितिको पहिलो बैठकले निर्धारण गर्ने संस्थाका महासचिब एबं आयोजक समितिका सदस्य मातृका धिमालले जानकारी दिनुभयो ।