
उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मोरङको उर्लाबारी वडा नं. २ र ३ को संयुक्त सम्पर्क कार्यालय मंगलबारेमा सञ्चालन गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार होम गौतम र प्रदेश सदस्य तथा मोरङ क्षेत्र नं. १(१) प्रदेश सभा सदस्य उम्मेद्वार पूर्ण वाइबाले संयुक्त कार्यालयको उद्घाटन गर्नुभयो । आजको सम्पर्क कार्यालय उद्घाटन पश्चात भएको भेलाले पिपलराज गिरीको संयोजकत्व रहने गरी वार्ड नं. २ र ३ को २ सय ५५ सदस्यीय प्रचार प्रसार समिति गठन समेत गरेको छ ।